तीन दशकपछि हेटौडामा एमाले पराजित, समाजवादीकी लामा बनिन् मेयर
काठमाडाैं | जेठ ७, २०७९
मकवानपुर- हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला मेयरको रुपमा मीना कुमारी लामा निर्वाचित हुनु भएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकिकृत समाजवादीकी लामा हेटौंडाको पहिलो महिला मेयरको रुपमा निर्वाचित हुनु भएको हो ।
लामाले आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेललाइ २ हजार एकसय ५८ मतले पराजित गर्नु भएको छ । लामाले २३ हजार ६७ मत पाउँदा पौडेलले २० हजार नौसय ८ मत पाउनु भएको छ । राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार पाँच सय ३१ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तैगरी उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका राजेश बानियाँ विजयी हुनु भएको छ । उहाँले ३२ हजार पाँच सय ९३ मत पाउनु भएको छ भने उहाँको प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार नौ सय नौ र राप्रपा उम्मेदवार इन्दिरा न्यौपानेले पाचहजार ८ सय ८६ मत पाउनु भयो ।
मेयरमा लामा निर्वाचित भएसँगै नेकपा एमालेको तीन दशक लामो विरासत भत्किएको छ । हेटौंडामा २०४८ सालदेखी निरन्तर रुपमा एमालेले विजयी हासिल गर्दै आएको थियो ।
कुनैबेला एउटै पार्टिमा रहँदा आफ्नो गुरु रहेका अनन्त पौडेललाइ हराएर हेटौंडामा नयाँ इतिहास रच्नु लामाको लागि सहज थिएन । तर, चुनौतिको चाङको बिच लामाले जीत मात्रै हात पार्नु भएन, हेटौंडाको इतिहासको नयाँ पाना पनि कोर्नुभयो ।
तीन दशकदेखी हेटौंडामा एकछत्र राज गर्दै आएको एमालेले हेटौंडालाई आफ्नो लालकिल्ला बताउँदै आएको थियो । तर, हेटौंडा मेयरमा समाजवादिकी लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएसङ्गै एमालेको लालकिल्ला ढलेको छ । अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट हेटौंडाको उपमेयर बन्नुभएकी लामाले पार्टी विभाजनमा एमाले त्यागेर समाजवादी रोजेकी रोज्नु भएको थियो ।-
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

